पोखराको अर्घौमा ओम डेभलपमेन्ट बैंकको शाखा

Post Date : July 2, 2017 | 2:59 pm

पोखरा लेखनाथ, १८ असार । ओम डेभलपमेन्ट बैंकले लेखनाथको अर्घौमा नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन २०७४ असार १६ गते शुक्रबार पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जीसीले गर्नु भएको छ ।

बैंकको हाल चुक्ता पूँजी १ करोड ६५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, निक्षेप १५ अर्ब ४० करोड रुपैयाँ र कर्जा १३ अर्ब ८० करोड रुपैयाँ छ ।

बैंकको शाखा संख्या ४१, कर्मचारी संख्या ३ सय २७, ग्राहक संख्या २ लाख २३ हजार पुगेको छ ।

बैंकले १० बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *