पोखराको विरौटामा कैलाश विकास बैंकको नया शाखा

Post Date : September 1, 2016 | 3:32 pm

काठमाडौं, १६ भदौ । कैलाश विकास बैंकले पोखराको विरौटामा शाखा स्थापना गरेको छ । बैंकको यो ३७ औं शाखा हो । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गर्नु भएको छ ।

बैंकको २०७३ असार मसान्तसम्म १५ अर्ब ७ करोड ६ लाख रुपैया निक्षेप संकलन, १३ अर्ब २६ करोड ५१ लाख रुपैया कर्जा प्रवाह गरी ४३ करोड ९४ लाख रुपैया खुद मुनाफा गरेको छ । त्यस्तै बैंकको चुक्ता पूँजी पनि १ अर्ब ५८ करोड ३ लाख रुपैया पुगेको छ ।

बैंकले आगामी २०७४ को असार मसान्तसम्म राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पूँजी पुरयाउन २० प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *