पोखरामा प्लास्टिक झोला निषेध

Post Date : November 9, 2016 | 5:03 pm

पोखरा, २४ कात्तिक । पोखरा उपमहानगरपालिकाका २९ वटै वडालाई आजदेखि प्लास्टिकका झोला र गिलास निषेध क्षेत्र घोषणा गरिएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पोखरा उपमहानगरपालिकालाई प्लास्टिक झोला र गिलास निषेधको आज घोषणा गर्दै घरदेखि सहर सफाइ गर्ने अभियानमा जुट्न सबै नगरवासीसँग आग्रह गर्नुभयो ।

प्लास्टिकको प्रयोगले मानव स्वास्थ्यमा समेत असर पार्ने तथा प्राकृतिक र वातावरणीय प्रदूषण बढाउने भएकाले उपमहानगरपालिकाले नगर क्षेत्रलाई प्लाष्टिकमुक्त बनाउने उद्देश्यले सो अभियान सुरु गरेको हो ।

उपमहानगरपालिकाले ती वस्तु फेला पारे स्थानीय स्वायत्त ऐनअनुसार उनीहरुको कसुर हेरि रु पाँच हजारदेखि रु १५ हजारसम्म जरिवाना गर्ने जनाएको छ । पोखरा भित्रने मुख्य नाका विजयपुर, फेदि र स्याङ्जाको सिमानामा पनि अनुगमन टोली खटाइ यसको नियन्त्रणमा कडाइ गरिने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *