पोखरामा मोबाइल मेला सुरु

Post Date : August 12, 2016 | 5:10 pm

पोखरा, २८ साउन । पोखराको पृथ्वीचोकस्थित विजनेश कम्प्लेक्सको हातामा आजदेखि प्रथम पोखरा मोबाइल एण्ड इलेक्टेनिक्स मेला सुरु भएको छ ।

पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा सुरु भएको सो मेलामा २३ वटा मोबाइल ब्रान्डेड कम्पनीका मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामान बिक्रीका लागि राखिएको सङ्घका सचिव नारायण सुवेदीले जानकारी दिनुभयो ।

विभिन्न छरिएर रहेका मोबाइल पसललाई एउटै छानामुनि राखी मर्मतको साथै सस्तो मूल्यमा उपभोक्ताले मोबाइल खरिद गर्न पाउन भन्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो । मेलामा ८० वटा कक्ष राखिएका छन् । मेलामा प्रत्येक सामान खरिदमा ५ देखि १० प्रतिशतसम्म छुट दिइने सङ्घका अध्यक्ष श्रीप्रसाद घलेले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *