पोखरा फाइनान्सको नयाँ दुई शाखा आदर्श चोक र रामबाच्छा बजारमा

Post Date : April 20, 2017 | 8:41 am

कास्की, ७ वैशाख । पोखरा फाइनान्स लिमिटेडले नयाँ दुई शाखा स्थापना गरी संचालनमा ल्याएको छ । फाइनान्सले लेखनाथ नगरपालिका–२९, भण्डारढिक आदर्शचोक र रामबाच्छा बजार वालिङ, स्याङ्जामा शाखा स्थापना गरेको हो । फाइनान्सले पोखराको विरौटामा समेत नयाँ शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

फाइनान्सले २०७३ चैत मसान्तसम्म ३ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन र ३ अर्ब २७ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरी १२ करोड रुपैयाँ संचालन मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *