पोखरा फाइनान्सले एफपीओ निष्काशन गर्ने

Post Date : March 13, 2017 | 3:08 pm

काठमाडौँ, ३० फागुन । पोखरा फाइनान्स लिमिटेडले ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ (फर्दर पब्लिक अफर) निष्काशन गर्ने भएको छ । एफपीओको निष्काशन स्वीकृतिको लागि फाइनान्सले धितोपत्र बोर्डमा आवेदन दिएको छ । धितोपत्र निष्काशन प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड तोकेको छ ।

पोखरा फाइनान्सले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकमा ३ अर्ब २५ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन र ३ अर्ब २ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ४ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । त्यस्तै निस्क्रिय कर्जा १ दशमलब ५२ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७५ दशमलब ८० प्रतिशत रहेको छ ।

फाइनान्सको हाल चुक्ता पूँजी ५५ करोड ७४ लाख २० हजार रहेको छ भने जगेडा कोषमा १७ करोड ६२ लाख १७ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *