पोखरा फाइनान्सले १४.२१ प्रतिशत लाभांश दिने

Post Date : October 26, 2016 | 2:17 pm

काठमाडौं, १० कार्तिक । पोखरा फाइनान्स लिमिटेडको २० औं वार्षिक साधारण सभाले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०७२।७३ को मुनाफा मध्ये १४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

लाभांश वितरणपछि फाइनान्सको चुक्ता पूँजी ५५ करोड ७४ लाख २० हजार २ सय ९२ रुपैया पुग्नेछ । साधारण सभाले साधारण शेयरको नया निष्काशन एवं ३ बराबर १ का दरले हकप्रद शेयर जारी गर्ने समेत पारित गरेको फाइनान्सले जनाएको छ ।

फाइनान्सको हाल काठमाडौं, पोखरा, नयापुल एवं तनहँुको डुम्रे बजारमा समेत गरी ६ वटा शाखा संचालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *