पोखरा रङ्गशालामा लन टेनिसको खेल मैदान बन्दै

Post Date : December 15, 2016 | 3:07 pm

पोखरा, ३० मङ्सिर । पोखरा रङ्गशालामा लगभग रु १० लाख ५० हजारको लागतमा लन टेनिसका खेल मैदान निर्माण भइरहेको छ ।

सातौँ राष्ट्रिय खेलकुदका अधिकांश खेल पूर्वाञ्चलमा आयोजना हुने भए पनि एउटा मात्र खेल लन टेनिस पोखरामा हुने भएपछि मैदान निर्माणमा जुटेको खेलकुद सङ्घ, कास्कीका अध्यक्ष विनोद कायस्थले जानकारी दिनुभयो ।

“हामीले आम खेलप्रेमी पोखरेलीलाई लन टेनिसको राष्ट्रिय खेलमा प्रत्यक्ष अवलोकनका लागिसमेत आह्वान गर्ने छौँ”, उहाँ भन्नुहुन्छ – “यो बृहद् कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक छ ।”

पुस महिनाको दोस्रो साताबाट सुरु हुने टेनिसको राष्ट्रिय खेलका लागि छनोटका सम्पूर्ण कार्यक्रम सम्पन्न भइसकेको बताउँदै उहाँले लन टेनिस प्रतियोगितामा पोखराबाट ४० जना महिलासहित ८० जनाले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो ।

प्रत्येक विकास क्षेत्रबाट १० जना खेलाडीको सहभागिता रहने सो प्रतियोगितामा पाँचजना महिलासहित विभागिय टिमबाट १०–१० जना खेलाडीको सहभागिता रहने व्यवस्था छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *