पोर्चुगल टाइब्रेकरमा पोल्याण्डलाई हराउँदै सेमिफाइनलमा प्रवेश

Post Date : July 1, 2016 | 3:42 am

फ्रान्स, १७ असार । युरो २०१६ अन्तर्गत पोर्चुगल र पोल्याण्ड बीच भएको पहिलो क्वाटरफाइनलमा १–१ गोलको बराबरी भई टाइब्रेकर (पेनाल्टी सुटआउट) मा गएको थियो । पेनाल्टी सुटआउटमा पोर्चुगलले ५–३ ले पोल्याण्डलाई हराउँदै युरो २०१६ को क्वाटर फाइनल जितेको छ ।

poland1

खेल सुरु भएको एक मिनेट ४० सेकेण्डमा पोल्याण्डका ग्रोसिकीले दिएको पासको सदुपयोग गर्दै लेवन्डोस्कीले गोलपोष्टको देब्रे च्यापेर हानेको बल गोल भएको थियो । युरोकपमा सबैभन्दा छिटो गोल गर्ने रेकर्ड ६७ सेकेण्डको छ । पोल्याण्डले निकै आक्रामक खेल खेल्दै गोल गर्ने निकै सुनौला अवसरहरू सिर्जना गरेको थियो ।

portugal1

एक गोलले पछि परेको पोर्चुगलले ३३औं मिनेटमा रेनाटो सान्चेजले गोल गरी खेललाई बराबरीमा ल्याएको थियो । उक्त गोल पोर्चुगलका नानीको सहयोगमा सान्चेजले देब्रे खुट्टाले हानेको बल पोल्याण्डका खेलाडीलाई छोएर डिफ्लेक्ट भएर भएको थियो ।

दोस्रो हाफको ५६औं मिनेटमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पोल्याण्डको गोलपोष्ट नजिकै वन–अन–वनमा पाएको बल गोलमा परिणत गर्न सकेन ।

खेलको दोस्रो हाफमा पोल्याण्डले गोल गर्ने केही मौकाको सदुपयो गर्न सकेन भने पोर्चुगलले पाएका धेरै मौकाहरू गोलमा परिणत गर्न सकेन । यसरी ९० मिनेट र थप गरिएको ३ मिनेटमा समेत पोर्चुगल र पोल्याण्डको खेल १–१ गोलको बराबरी मा सकियो ।

निर्धारित समय सकिएर थप गरिएको ३० मिनेटमा पनि कुनै पनि गोल हुन नसकी खेल १–१ को बराबरी हुन पुगी खेल पेनाल्टी सुटआउटमा गयो ।

पहिलो पेनाल्टी सुटआउट पोर्चुगलका रोनाल्डोले गोल गरेको थियो भने पोल्याण्डको लेवन्डोस्कीले पनि गोल गरेको थियो ।

दोस्रो पेनाल्टी पनि पोर्चुगल र पोल्याण्डका खेलाडीहरूले गोलमा परिणत गर्न सफल भएको थियो ।

तेस्रो पेनाल्टी पनि दुवै देशका खेलाडीहरूले गोल गर्न सफल भए ।

चौथो पेनाल्टी पोर्चुगलका नानीले गोल गरे भने पोल्याण्डका खेलाडीले गर्न सकेन ।

पाँचौं पेनाल्टी पोर्चुगलका क्वेरेस्माले गोलमा परिणत गरेपछि खेल पोर्चुगलले ५–३ ले जितेको थियो ।

portugal2

Leave a Reply

Your email address will not be published. Required fields are marked *