पोर्चुगल युरो २०१६ को क्वाटरफाइनलमा

Post Date : June 26, 2016 | 7:48 am

फ्रान्स, १२ असार । युरो कप २०१६ अन्तर्गत प्रिक्वाटरफाइनलको तेस्रो खेलमा पोर्चुगल अतिरिक्त समयमा एक गोल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोर्चुगल र क्रोएसियाबीच भएको खेल निर्धारित ९० मिनेटको समयमा कुनै पनि गोल हुन सकसको थिएन । थप गरेको ३० मिनेटको अतिरिक्त समयमा पोर्चुगलका सब्स्टिच्युट खेलाडी रिकार्डो क्वारेज्माले हेड मार्फत गोल गरेको थियो । चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो हानेको प्रहारलाई क्रोएसियाका गोलकिपर डेनियल सुवासिकले रोक्दा बाउन्स भएर फर्केको बललाई पोर्चुगलका खेलाडी रिकार्डोले हेड मार्फत गोल गरेको थियो ।

क्रोएसियाले खेलमा निकै दबाब राखे पनि कुनै पनि प्रहार अनटार्गेट गर्न सकेन । क्रोएसियाले पोर्चुगल विरुद्ध प्रहार गरेका १७ बलमा ३ बल डिफेन्डरले रोकेको थियो भने १४ बल अफटार्गेट थियो । तर पोर्चुगलले गरेको जम्मा ५ प्रहारमा ३ बल अफटार्गेट थियो भने २ बल मात्रै अनटार्गेट थियो ।

यस अघि पोर्चुगल र क्रोएसिया बीच भएका तीनवटा अन्तर्राष्ट्रिय खेलहरूमा पनि क्रोएसियाले हार व्यहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *