प्रथम प्रिन्टिङ एन्ड फोटोग्राफी प्रदर्शनी

Post Date : January 29, 2018 | 9:45 pm

काठमाडौँ, १५ माघ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा यसै साता प्रथम प्रिन्टिङ एन्ड फोटोग्राफी प्रदर्शनी हुने भएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा यही माघ १९ देखि २१ गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनी प्रिन्टिङ एन्ड फोटोग्राफीसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनको सहभागिता रहने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनीका संयोजक हरि रेग्मीले जानकारी दिनुभयो ।

प्रदर्शनीस्थलमा कार्यशाला गोष्ठी, अन्तक्र्रिया, तस्वीर प्रदर्शनी तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना हुनेसमेत जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *