प्रधानमन्त्री चयन हुँदा पनि शेयरबजारमा सुधार हुन सकेन, ४५.१२ अंकले घट्यो

Post Date : August 4, 2016 | 3:43 pm

काठमाडाैं, २० साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४५.१२ अंकले घटेर १७६८.६० बिन्दुमा पुगेको छ । कुल ७७३४ कारोवारबाट २७ लाख ५१ हजार ९ कित्ता शेयर किनबेच भई १ अर्ब ५० करोड ९ लाख ९६ हजार ७८४ रुपैयाको कारोवार भएको छ ।

देशले नया प्रधानमन्त्री पाए पनि शेयरबजारमा भने सुधार अाउन सकेन । अाजको नेप्से परिसूचकमा सबै समूहहरुको कारोवार अोरालो लागेको छ ।

वाणिज्य बैंकहरुको ३९.९३ अंकले घटेर ८३ करोड ४० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको ५२.२२ अंकले घटेर १७ करोड ७८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । जलविद्युत समूहको ५८.७ अंकले घटेर ६ करोड ५४ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने फाइनान्स समूहको १७.६८ अंकले घटेर ४ करोड ९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै बीमा कम्पनीहरुको २९९.५ अंकले घटेर २५ करोड १ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको १०२.०३ अंकले घटेर १ करोड २२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । उत्पादन समूहको ५१.२७ अंकले घटेर ११ लाख ३ हजार ५९० रुपैयाको कारोवार भएको छ भने अन्य समूहको १२.१५ अंकले घटेर २ करोड १७ लाख ६३ हजार ४०० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी नेपाल सिद्धार्थ बैंक लिमिटेडको ११ करोड ९६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेपाल बैंक लिमिटेडको ९ कराेड ८५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *