प्रधानमन्त्री मोदीद्वारा मोबाइल एपबाटै मन्त्रीहरूसँग सम्वाद

Post Date : August 4, 2016 | 10:58 am

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोबाइल एपमार्फत “डिजिटल क्याविनेट” को सुरु गरेका छन् । उनले मोबाइलमा “नमो एप” को प्राइभेट ग्रुपमार्फत आफ्ना मन्त्रीहरूसँग प्रत्यक्ष कुरा गर्न सुरु गरेका छन् । यसले आफ्ना मन्त्रीमण्डलका सबै मन्त्रीसँग “एप” मार्फत जोडिएकाले काम गर्न सजिलो भएको बताइएको छ ।

दुई महिनाअघि सुरु गरिएको “नमो एप” मा मन्त्रीहरूले प्रधानमन्त्री मोदीसँग स्वतन्त्र रुपमा च्याट गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

भारतीय पत्रिका इकोनोमिक टाइम्सका अनुसार “माई नेटवर्क” को “नमो एप” आम नागरिकका लागि भने खुला गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *