प्रभु इन्स्योरेन्सको शाखा नयाँसडकमा

Post Date : March 2, 2017 | 10:58 am

काठमाडौँ, १९ फागुन । प्रभु इन्स्योरेन्स लिमिटेडले काठमाडौँको नयाँ सडकमा २० औँ शाखा स्थापना गरी बीमा सम्बन्धी सम्पूर्ण कारोबार शुरु गरेको छ । शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले गर्नु भएको छ ।

प्रभु इन्स्योरेन्सले पूँजी वृद्धि लैजाने योजनाअनुसार कायम चुक्ता पूँजी ३८ करोड छण् लाख रुपैयाँको ५० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

कम्पनीको आगामी आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्म चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुरयाउने योजना रहेको छ । हाल कम्पनीको जगेडा कोषमा ३५ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *