प्रभु इन्स्योरेन्सको २ बराबर १ कित्ता हकप्रद शेयर

Post Date : March 21, 2017 | 8:58 am

काठमाडौँ, ८ चैत । प्रभु इन्स्योेरेन्स लिमिटेडले २ कित्ता शेयर बराबर नयाँ १ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्ता पूँजी ३८ करोड ५० लाख १५ हजार ७ सय ६१ रुपैयाँ बराबरको प्रति शेयर रु.१००/– अंकित दरका ३८ लाख ५० हजार १ सय ५७ कित्ता साधारण शेयरको २ बराबर १ को अनुपातमा साविक शेयरधनीहरूको लागि १९ लाख २५ हजार ७८ कित्ता अर्थात १९ करोड २५ लाख ७ हजार ८ सय रुपैयाँको हकप्रद शेयर निष्काशन गर्न लागेको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद शेयरको बिक्री २०७३ चैत ३० गतेदेखि २०७४ जेठ २ गतेसम्म तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *