प्रभु इन्स्योरेन्स लिमिटेडले १७ प्रतिशत बोनस शेयर दिने

Post Date : November 3, 2016 | 9:19 am

काठमाडौँ, १३ कात्तिक । प्रभु इन्स्योरेन्स लिमिटेडको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रभु इन्स्योरेन्सले बोनस शेयर वृद्धिपश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

प्रभु इन्स्योरेन्सले गत आ.व. २०७२/७३ मा १४ करोड ९३ लाख रुपैया खुद मुनाफा गरेको विज्ञप्तीमा जनाएको छ ।

कम्पनीको हाल देशभर १९ शाखा कार्यालय संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *