प्रभु बैंकको खुद मुनाफा १ अर्ब ११ करोड रुपैयाँ

Post Date : January 18, 2017 | 4:59 pm

काठमाडौँ, ५ माघ । प्रभु बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकमा १ अर्ब ११ करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले पुस मसान्तसम्म ७० अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन र ५६ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्कृय कर्जा अनुपात ४ दशमलब ८ प्रतिशतमा आएको छ ।

बैंकको हाल चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । बैंकले हाल रहेको चुक्ता पूँजीमा ४० प्रतिशतले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभाले पारित गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *