प्रभु बैंकको नयाँ शाखा मनाङको चामेमा

Post Date : December 19, 2016 | 6:46 pm

मनाङ, ४ पुस । हिजो मनाङ जिल्लाको चामेमा UK Aid “सक्षम” को सहकार्यमा प्रभु बैंकले नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले एक समारोहका बिच उक्त शाखा कार्यालयको समुद्घाटन गर्नुभएको थियो । यसका साथै धारापानी, अपरमनाङ, ताल, ढुकुरपोखरी र पिसाङमा शाखारहित बैंकिङ्ग सेवापनि सञ्चालनमा ल्याइएकोे छ ।

मनाङमा बैंकको शाखा र शाखारहित सेवा विस्तार भएको हुँदा उक्त क्षेत्रका स्थानीय वासिन्दाहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने भएकाले यसबाट स्थानीयहरु पनि उत्साहित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *