प्रभु बैंकले हकप्रद शेयर निष्काशन गर्ने

Post Date : November 29, 2016 | 4:59 pm

काठमाडौँ, १४ मङ्सिर । प्रभु बैंकले १० शेयर बराबर ४ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंक संचालक समितिको मङ्सिर ९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । बैंकको हाल चुक्ता पूँजी ५ अर्ब ८८ करोड १४ लाख २ हजार रुपैयाँ रहको छ । हकप्रद शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८ सय पुग्ने छ ।

हकप्रद शेयर जारी गर्ने सम्बन्धी प्रस्ताब बैंकको आगामी पौष ८ गते बस्ने १५ औं वार्षिक साधारण सभाले पारित गरेपछि निस्काशनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *