प्रभु बैंकले १० बराबर ४ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

Post Date : March 23, 2017 | 9:06 pm

काठमाडौँ, १० चैत । प्रभु बैंकले १० कित्ता बराबर ४ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरेको छ । सम्झोतापत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ८८ करोड १४ लाख २ हजार रुपैयाँ रहेको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकमा ७० अर्ब २१ करोड ६५ लाख रुपैयाँ निक्षेप संकलन र ५६ अर्ब ५२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ११ करोड २३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

सोही अवधिमा निस्क्रिय कर्जा ४ दशमलब ८८ प्रतिशत र कर्जा निक्षेप अनुपात ७५ दशमलब १० प्रतिशत रहेको छ । जगेडा कोषमा भने १ अर्ब ४१ करोड २२ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *