प्रभु बैंक तनहुँको दुलेगौंडामा

Post Date : November 3, 2016 | 9:29 am

काठमाडौँ, १३ कात्तिक । प्रभु बैंकले तनहुँको दुलेगौंडामा नया शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले गर्नु भएको छ ।

मर्जरको क्रममा एकै स्थानमा दोहरिन गएका बैंक शाखाहरूमध्ये पोखरा शाखालाई तनहुँको दुलेगौंडामा स्थानान्तरण गरेको बैंकले जनाएको छ । मर्जरका क्रममा दोहरिन गएका अन्य शाखालाई पनि क्रमशः स्थानान्तरण गर्दै बैंकको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *