प्रभु बैंक लिमिटेडले रसुवाको स्याफ्रुवेशीमा नया शाखा कार्यालय स्थापना

Post Date : July 26, 2016 | 11:31 am

काठमाडौं, ११ साउन । प्रभु बैंक लिमिटेडले रसुवा जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा नेपाल चीन विचको नाका स्याफ्रुवेशीमा शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । २०७३ साउन १० गतेका दिन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री नारायण प्रसाद पौडेलज्यू ले एक समारोहका विच बैंकको स्याफ्रुवेशी शाखा कार्यालयको समुद्घाटन गर्नुभएको हो ।

गत वर्ष गएको शक्तीशाली भुकम्पका कारण अति प्रभावित जिल्ला रसुवामा बैंकको शाखा विस्तार भएको हुँदा उक्त क्षेत्रका स्थानीय वासिन्दा तथा भूकम्प पीडितहरुलाई सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध हुने राहत रकम तथा अन्य सुविधा रकम बैंक मार्फत् भुक्तानी लिन सहज हुने भएको छ । यसबाट स्थानीयहरु उत्साहित भएका छन् ।

रसुवा जिल्लाको स्याफ्रुवेशी चीनसँग जोडिएको प्रमुख व्यापारिक नाका हो । उक्त क्षेत्रमा बैंकको शाखा कार्यालय स्थापना भएको हुँदा व्यापारिक प्रयोजनका लागि सहज हुनुका साथै बैंकको शाखा कार्यालयबाट उपलब्ध हुने बैंकिङ्ग कारोबारले उक्त क्षेत्रमा व्यापारिक गतिविधिहरुमा वृद्धि हुनुका साथै दुई देश विचको व्यापारमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *