प्रभु मनीको ७ लक्की योजना

Post Date : September 18, 2016 | 8:27 am

काठमाडौं, २ असोज । प्रभु मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘प्रभु लक्की–७’ योजना ल्याएको छ ।

विदेशबाट प्रभु मनी ट्रान्सफर मार्फत रकम पठाउँदा प्राप्त गर्ने संकेत नम्बर लक्की ड्रमा समावेश गरिने र भाग्यशाली व्यक्तिले विभिन्न उपहार पाउने मनि ट्रान्सफर कम्पनीले जनाएको छ ।

हरेक दिन सात जनाले एनटीसी र एनसेलको दुईसय रुपैयाको रिचार्ज कार्ड प्राप्त गर्ने छन् । त्यस्तै हरेक साता एलईडी टिभी, डिसहोम र मोबाइल सेट ७ जनाले पाउने छन् । र २ जनाले बम्पर उपहार स्वरुप यामाहा मोटरसाईकलको स्यालुटो र रेजेड स्कुटर प्राप्त गर्ने प्रभु मनी ट्रान्सफरले जनाएको छ ।

यो योजना असोज १ देखि कार्तिक २० गतेसम्म विदेशबाट नेपाल पठाउने व्यक्ति सहभागी हुन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *