प्रभु मनी र जनसेवी लघुवित्तबीच सम्झौता

Post Date : October 1, 2016 | 4:00 pm

काठमाडौं, १५ असोज । प्रभु मनी ट्रान्सफर र जनसेवी लघुवित्त वित्तीय संस्थाबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु मनी ट्रान्सफरका नायब महाप्रबन्धक रामेश्वर सापकोटा र जनसेवी लघुवित्तीय संस्थाका अध्यक्ष विकास गौचनले हस्ताक्षर गर्नु भएको छ ।

पर्वतको कुस्मा–९, मेलमिलाप चोकमा प्रधान कार्यालय रहेको जनसेवी लघुवित्तको पर्वत, बाग्लुङ, म्याग्दी, गुल्मी, रोल्पा, रुकुम, कास्की, तनहुँ, लमजुङ र गोरखा जिल्लाबाट विप्रेषण सेवा उपलब्ध हुनेछ । प्रभु मनी ट्रान्सफरमार्फत आएको रकम लघुवित्त संस्थाको १० जिल्लामा रहेको कार्यालयबाट आफन्तले भुक्तानी लिन सक्नेछन् । दशैँ सम्ममा सेवा संचालनमा ल्याइने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *