प्राइमको हकप्रद शेयर बाँडफाँड र बिक्री नभएको लिलाम गर्ने

Post Date : November 30, 2016 | 1:46 pm

काठमाडौँ, १५ मङ्सिर । प्राइम कमर्सियल बैंकले ३ बराबर १ को अनुपातमा रु १००।– दरको १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद शेयर निष्काशन बिक्री खुला गरी आवेदन परेका १ करोड १८ लाख ६६ हजार १ सय ८० कित्ता शेयर बाँडफाँड भएको छ । बिक्री नभई बाँकी रहेको संस्थापक समूह तर्फको ५२ हजार ४५ कित्ता शेयर र सर्वसाधारण समूह तर्फको ४ लाख ३२ हजार ६ सय ४९ कित्ता शेयर लिलामबाट बिक्री वितरण गर्ने भएको छ ।

यसै गरी बैंकमा कायम शेयरधनीलाई ८५ करोड २२ लाख १० हजार ३ सय २१ रुपैयाँ बोनस शेयर वितरण गर्न र ४ करोड ४ लाख ९३ हजार १ सय ७९ रुपैया कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ ।

बैंकले आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब १२ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो । चालु आ.व. २०७३/७४ को पहिलो त्रैमासिकमा बैंकले २५ करोड १० लाख रुपैया खुद मुनाफा गरेको छ ।

बैंकले विराटनगरमा प्रधान कार्यालय रहेको विराटलक्ष्मी विकास बैंक र बनेपामा प्रधान कार्यालय रहेको कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्झौता गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *