प्राइम कमर्सियल बैंकलाई विराटलक्ष्मी र कन्ट्री खरिद गर्न राष्ट्र बैंकले दियो स्वीकृति

Post Date : March 29, 2017 | 11:28 am

काठमाडौँ, १६ चैत । नेपाल राष्ट्र बैंकले प्राइम कमर्सियल बैंकलाई विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमन्ट बैंक खरिद गर्न (एक्वायर) गर्न स्वीकृति दिएको छ । नेपाल राष्ट्र बैंकले सहमति दिएपछि २०७४ बैशाखको तेस्रो हप्ताभित्र एकीकृत कारोबार गरिसक्ने जनाएको छ ।

विराटनगरमा प्रधान कार्यालय रहेको विराटलक्ष्मी विकास बैंक र बनेपामा प्रधान कार्यालय रहेको कन्ट्री डेभलपमेन्ट बैंकलाई खरिद गरेपछि प्राइम कमर्सियल बैंकको चुक्ता पूँजी ६ अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै शाखा संख्या ५२ पुग्नेछ ।

प्राइम कमर्सियल बैंकको १०० बराबर विराटलक्ष्मी विकास बैंको ७५ र कन्ट्री डेभलपमेन्ट बैंकको ४० स्वाप रेसियो तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *