प्राइम कमर्सियल बैंकले विराटलक्ष्मी र कन्ट्रीलाई प्राप्ति गरेपश्चात वैशाख १७ गतेदेखि एकीकृत कारोवार गर्ने

Post Date : April 16, 2017 | 2:24 pm

काठमाडौँ, ३ वैशाख । प्राइम कमर्सियल बैंकले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपश्चात प्राइम कमर्सियल बैंकको नामबाट २०७४ साल वैशाख १७ गते आइतबारदेखि एकीकृत कारोवार शुरु गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले २०७३ साल चैत १ गतेको पत्रबाट वित्तीय संस्थाहरू प्राप्ति गर्ने अन्तिम स्वीकृति दिएको थियो ।

प्राइम कमर्सियल बैंकको १०० कित्ता शेयर बराबर विराटलक्ष्मी विकास बैंकको ७५ कित्ता शेयर र कन्ट्री डेभलपमेन्ट बैंकको ४० कित्ता शेयरमा प्राप्ति गर्न लागेको हो ।

विराटगरमा प्रधान कार्यालय रहेको विराटलक्ष्मी विकास बैंक र बनेपामा प्रधान कार्यालय रहेको कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि प्राइम कमर्सियल बैंकको चुक्ता पूँजी ६ अर्ब २२ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै शाखा संख्या ५२ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *