प्राइम कमर्सियल बैंकले विराटलक्ष्मी बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने

Post Date : June 7, 2016 | 2:52 pm

काठमाडौं । प्राइम कमर्सियल बैंकले विराटलक्ष्मी बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । सो सम्बन्धी समझदारी पत्रमा प्राइम बैंकका संचालक तथा मर्जर समिति संयोजक श्याम बहादुर श्रेष्ठ, विराटलक्ष्मी विकास बैंकका अध्यक्ष माधवप्रसाद कोइराला र कन्ट्री डेभलपमेन्ट बैंकका अध्यक्ष इन्द्रनारायण भैलले हस्ताक्षर गर्नु भएको छ ।

नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म “क” वर्गका बैंकलाई चुक्ता पूँजी ८ अर्ब रुपैया पुरयाउन निर्देशन जारी गरे अनुसार वित्तीय संस्था एक अर्कामा गाभिएर पूँजी बढाउने योजना अनुरुप विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राइम कमर्सियल बैंकले प्राप्त गर्ने निर्णय गरेको हो ।

प्राइम कमर्सियल बैंकले पूँजी वृद्धि योजना अन्तरगत आ.व. २०७२/७३ को असारभित्र ३ बराबर एक अनुपातमा हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि निवेदन दिइसकेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *