प्राइम कमर्सिल बैंकले २३% बोनस शेयर दिने

Post Date : October 27, 2016 | 7:14 am

काठमाडौँ, ११ कात्तिक । प्राइम कमर्सियल बैंकले आ.व. २०७२/७३ को मुनाफाबाट शेयरधनीलाई २३ प्रतिशत बोनस शेयर र १.२१ प्रतिशत (कर प्रयोजनको लागि) नगद लाभांश दिने भएको छ । बैंक संचालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित भएपछि कार्यान्वयनमा आउनेछ । बैंकले हाल ३ बराबर १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरिसकेको छ । सो निष्काशनका बोनस शेयरको मात्रामा केही फरक पर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले चालु आ.व.को पहिलो त्रैमासिकमा २५ करोड १० लाख रुपैया मुनाफा कमाएको छ ।

बैंकले आ.व. २०७२/७३ मा १ अर्ब १२ करोड ८२ लाख रुपैया खुद मुनाफा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *