प्राइम बैंकको नवौँ साधारणसभा सम्पन्न

Post Date : January 26, 2017 | 2:23 pm

काठमाडौँ, १३ माघ । प्राइम बैंक लिमिटेडले आफ्नो नवौँ साधारसभा कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न गरेको छ । साधारणसभामा प्राइम बैंकले दिन लागेको २३ प्रतिशत वोनस शेयर स्वीकृतिको विशेष प्रस्ताव गरेको छ । विराट लक्ष्मी विकास बैंक र क्यान्ड्री विकास बैंकलाई प्राप्त (एक्युजिसन) गर्ने सम्बन्धी अन्तिम स्वीकृतिका लगि शेयरधनीहरुलाई जानकारी दिएको छ ।

राष्ट्र बैंकले तोकेको चुक्त्ता पूँजी आठ अर्ब पुरयाउन अन्य बैंकहरुलाई प्राप्ती गर्ने सम्बन्धी प्रस्ताव खुल्ला गरेको छ । बैंकका सञ्चालक उमेश श्रेष्ठले प्राइम बैंकले बैंकिङ क्षेत्रमा छुट्टै पहिचान बनाएको बताउँदै देशमा गएको भूकम्प लगायतका कारण देशको आर्थिक वृद्धि न्यून हुँदाहुँदै पनि बैंकले यस आर्थिक वर्षमा १ अर्ब भन्दा माथि नाफा कमाउने सूचीमा पर्न सफल भएकोमा यो उत्कृष्टता हासिल गरिरहेको बताउँदै बैंकका व्यवस्थापकहरुले अन्तर्राष्ट्रिय अवार्डबाट समेत सम्मानित हुँदै प्राइम बैंकको गरिमालाई उच्च राखेकोमा बधाई दिनुभयो ।

शेयरधनीका तर्फबाट बोल्ने वक्ताहरुले बैंकलाई अझ उत्कृष्ट बैंकको सूचीमा पुरयाउनु पर्नेमा जोड दिँदै बैकका शाखा विस्तार लगायत प्रचार प्रसारमा ध्यान दिनुपर्ने भन्दै गरीब विद्यार्थीका लागि छात्रवृत्ती, प्राकृतिक विपत्तीमा परेकाहरुका लागि सहायता र उद्दारका कार्यक्रमहरु सञ्चालन गरी सामाजिक उत्तरदायीत्व समेत निर्वाह गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *