प्राइम र एसियनबीच बैंकासुरेन्स सम्झौता

Post Date : May 22, 2017 | 6:07 pm

काठमाडौँ, ८ जेठ । प्राइम कमर्सियल बैंक र एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर र एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ । जीवन बीमालाई ग्राहकको पहुँचसम्म सजिलै पुरयाउन बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौताले बैंकका ग्राहकलाई एसियन लाइफ इन्स्योरेन्सका बीमा योजना खरिद गर्न सहजता हुनुका साथै प्रिमियम भुक्तानी बैंकका ५५ वटा शाखामार्फत लिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *