प्राईम कमर्सियल बैंकले हकप्रद शेयर निष्काशन गर्ने

Post Date : August 14, 2016 | 1:21 pm

काठमाडौं, ३० साउन । प्राईम कमर्सियल बैंकले आगामी भदौ १२ गतेदेखि ३ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्दैछ । आ.व. २०७२/७३ को असार मसान्तसम्म बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड ५२ लाख ६२ हजार रुपैया रहेको छ । बैंकले रु. १०० अंकित दरको १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यो हकप्रद शेयर निष्काशन पछि बैंकको चुक्ता पूँजी ४ अर्ब ९४ करोड २ लाख रुपैया पुग्नेछ ।

२०७४ असार मसान्त सम्ममा चुक्ता पूँजी ८ अर्ब रुपैया पुरयाउनको लागि विराटनगरमा प्रधान कार्यालय रहेको विराटलक्ष्मी विकास बैंक र बनेपामा प्रधान कार्यालय रहेको कन्ट्री डेभलपमेन्ट बैंकलाई गाभ्नको लागि सम्झौता गरिसकेको छ ।

बैंकले आ.व. २०७२/७३ मा ४८ अर्ब ३५ करोड ३० लाख रुपैया निक्षेप संकलन, ४० अर्ब २८ करोड ९२ लाख रुपैया कर्जा लगानी गरी १ अर्ब १२ करोड ८२ लाख रुपैया खुद मुनाफा गर्न सफल भएको छ ।

बैंकले २५ करोड ७६ लाख रुपैया खराब कर्जा उठानउ पनि सफल भएको छ । बैंकले निष्क्रीय कर्जा १.८३ प्रतिशतबाट घटाएर १.२३ प्रतिशतमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *