प्रिमियर इन्स्योरेन्सको २३ औं साधारण सभा सम्पन्न

Post Date : December 30, 2016 | 4:46 pm

काठमाडौँ, १५ पुस । प्रिमियर इन्स्योरेन्सको २३ औँ साधारण सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।

बोनस सेयर वितरणपछि प्रिमियर इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ४४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ ।

सभाले अधिकृत पूँजी ७५ करोड रुपैयाँबाट २ अर्ब रुपैयाँ र जारी पूँजी ५० करोड रुपैयाँबाट १ अर्ब ५० करोड रुपैयाँ पुरयाउने प्रस्ताव पनि पारित गरेको प्रिमियर इन्स्योरेन्सबाट जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *