प्रेस काउन्सिलद्वारा चिनियाँ प्रतिनिधि मण्डलको स्वागत

Post Date : December 2, 2016 | 5:12 pm

काठमाडौं, १७ मङ्सिर । प्रेस काउन्सिल नेपालको आयोजनामा आज राजधानीमा चिनियाँ प्रतिनिधि मण्डलको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधि मण्डललाई दोसल्ला ओढाएर स्वागत गर्दै भन्नुभयो – “ऐतिहासिक कालदेखि नै नेपाल–चीन सम्बन्ध समस्यारहित असल छिमेकीको रुपमा रहँदै आएको, चीनलाई संकटको अवस्थामा सहयोग गर्ने असल छिमेकीको रुपमा बुझ्दछौं, हामी एक चीन नीतिप्रति प्रतिवद्ध छौं ।” सो अवसरमा अध्यक्ष कार्कीले शान्ति र विकासको लागि नेपाली मिडियाले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै चिनिया मिडिया र नेपाली मिडियाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन सकेमा दुवै देशको लागि निकै उपलब्धीमूलक हुने धारणा राख्नुभयो ।

press-council-chinese-delegation2

कार्यक्रममा नेपाल–चाईना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चीन सरकार र त्यहाँका जनताले नेपालप्रति देखाएको असल छिमेकीपनको चर्चा गर्दै नेपाल –चीन सम्वन्धलाई थप उँचाईमा पुरयाउन दुवै देशका मिडियाको उत्तिकै भूमिका रहने धारणा व्यक्त गर्नुभयो । चिनियाँँ प्रतिनिधिमण्डलका तर्फवाट लु योङ् मिङ्ले हजारौं बर्षदेखि दुईदेशबीचका जनताको सुसम्वन्ध रहेको स्मरण गराउँदै नेपालको समृद्धि र बिकासका लागि चीन सदैब तत्पर रहने बताउनुभयो । सो अवसरमा मिङ्ले नेपालका विभिन्न स्थलमा भ्रमणका क्रममा खिचेको दशौंहजार तस्विरहरुको संगालो प्रेस काउन्सिललाई हस्तान्तरण गर्नुभयो । ८२ जनाको उपस्थिति रहेको कार्यक्रम प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *