प्रोफेसनल दियालो विकास बैंकलाई लक्ष्मी बैंकले खरिद गर्ने

Post Date : July 25, 2016 | 6:05 pm

काठमाडौं, १० साउन । काभ्रे जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको प्रोफेसनल दियालो विकास बैंकलाई लक्ष्मी बैंकले खरिद गर्ने भएको छ । काभ्रेको बनेपालाई केन्द्र बनाएर बैंकिङ्ग कारोवार गर्दै आएको यस बैंकको १० जिल्लामा कार्यक्षेत्र रहेको छ । बैंकको चुक्ता पूँजी २४ करोड ३ लाख रुपैया रहेको छ । गत आ.व.मा ३ करोड ५३ लाख रुपैया खुद मुनाफा गरेको थियो भने खराब कर्जा ०.५३ प्रतिशत मात्र रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *