प्लास्टिकबाट डिजेल उत्पादन

Post Date : January 31, 2018 | 8:20 am

रसुवा, १६ माघ । प्लास्टिकबाट डिजेलको उत्पादन गरिएको छ ।

गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)का विज्ञको उपस्थितिमा गरिएको परीक्षणबाट एक किलो प्लास्टिकबाट ६०० एमएल डिजेल उत्पादन गरिएको हो ।

पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्रमा छरिएका प्लास्टिक तथा पानीको बोतल व्यवस्थापन गरी वातावरण स्वच्छता पार्ने र ती प्लास्टिकजन्य वस्तुको सदुपयोगको महत्व बुझाउन ६५ जना स्थानीय व्यक्तिलाई दुईदिने प्रशिक्षणसमेत दिइएको नास्टका प्रविधि संकाय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

“पानीका बोतल प्रशोधन गरी अर्को बोतल बनाउन पोखरा पठाइने र प्लास्टिकबाट डिजेल उत्पादन कार्यलाई निरन्तरता दिन पिएसडी नेपाल संस्थाका आर्थिक सहयोग र कार्ययोजना बनाउने काम अघि सारिएको हो,” उहाँले भन्नुभयो ।

प्लास्टिकबाट डिजेल उत्पादन गर्दा सवारीका लागि इन्धनको व्यवस्था हुने र यसले वातावरण प्रदूषणमा समेत न्यूनीकरण गर्ने भएकाले यस्ता कार्यलाई स्थानीय तहले पूर्णरुपमा सहयोग गर्ने गाउँपालिका प्रमुख तामाङले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *