प्लास्टिक घरमा बिरुवा उत्पादन

Post Date : June 15, 2017 | 3:12 pm

बाबियाचौर (म्याग्दी), १ असार । बेनी नगरपालिका–३ राखुका कृषकले सुन्तलाको बिरुवा उत्पादनका लागि आधुनिक प्रविधिको प्रयोग गरेका छन् ।

सुन्तलाको बिरुवा उत्पादन गर्न राखुमा प्लास्टिक घर निर्माण गरेका छन् । प्लास्टिक घरभित्र किरा पस्न नपाउने भएकाले खुल्ला ठाउँको तुलनामा स्वस्थ्य बिरुवा उत्पादन गर्न सकिने कृषक मनकुमारी पुनले बताउनुभयो ।

विद्युतीय उपकरणको सहायताले एकैसाथ सिँचाइ गर्न सकिने व्यवस्था मिलाइएको छ। प्लास्टिक घरबाट एक पटकमा ५० हजारसम्म बिरुवा उत्पादन गर्न सकिने पुन बताउनुहुन्छ । बिजु र कलमी प्रविधिबाट बिरुवा उत्पादन गर्नका लागि प्लास्टिक घर निर्माण गरिएको हो ।

प्लास्टिक घर र प्लास्टिक पोखरी निर्माण तथा उपकरण खरिदका लागि कृषि विकास कार्यालयले रु सात लाख ५० हजार अनुदान सहयोग गरेको बागबानी विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो । कृषकले थप रु दुई लाख ५० हजार लगानी गरेका छन् । यहाँ ६३ घरधुरीको बसोबास छ भने उनीहरुको मुख्य आयस्रोत नै सुन्तला खेती हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *