फर्स्ट माइक्रोफाइनान्सको ११,६२६ कित्ता शेयर बिक्री

Post Date : July 20, 2017 | 4:03 pm

काठमाडौँ, ५ साउन । फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले हकप्रद शेयर बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा आवेदन नपरेको ११ हजार ६ सय २६ कित्ता शेयर शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्ने भएको छ ।

शेयर खरिदका लागि मूल्य प्रति शेयर रु.१००।– तोकिएकोले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्र मिति २०७४ साउन १५ गतेदेखि साउन २२ गतेभित्र पेश गरिसक्नु पर्नेछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, जमल, काठमाडौँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *