फर्स्ट माइक्रोफाइनान्सलाई २ः१ को अनुपातमा हकप्रद शेयर निष्काशनको स्वीकृति

Post Date : March 31, 2017 | 8:54 am

काठमाडौँ, १८ चैत । फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकलाई २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।

धितोपत्र बोर्डसँग बैंकले रु.१००।– अंकित दरका १३ लाख २२ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशनको लागि आवेदन दिएको थियो ।

बैंकको हाल चुक्ता पूँजी २६ करोड ४५ लाख रुपैयाँ रहेको छ । बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकमा ३ करोड ३६ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *