फिफा बरियतामा नेपाल दुई स्थान तल

Post Date : June 3, 2016 | 6:32 am

काठमाडौँ, २० जेठ । विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल दुई स्थान तल झर्दै १८२ औं स्थानमा पुगेको छ ।

फिफा बरियतामा दुई स्थान तल झरेपछि दक्षिण एशियामा भने नेपाल यसअघि रहेको चौथो स्थानमा यथावत छ ।

दक्षिण एसियाली मुलुकहरु भारत १६३ औं स्थानमा रहेर दक्षिण एशियाको शीर्ष स्थानमा पुगेको छ । यसअघि दक्षिण एसियाको शीर्ष स्थानमा रहेको मल्दिभ्स सबैभन्दा धेरै १४ स्थान तल झरेर १७४ औं स्थानमा पुगेको छ । त्यस्तै बङ्गलादेश १८१ औँ, भुटान, श्रीलङ्का र पाकिस्तान क्रमसः १८८ औं, १८९औं र १९२ औं स्थानमा छन् ।

त्यस्तै दक्षिण एशियाबाट छुट्टिएर मध्य एशिया फुटबल फेडेरेसनमा आवद्ध भएको अफगानिस्तान १५६ औँ स्थानमा छ । विश्व बरियताको शीर्ष स्थान अर्जेन्टिना, दोस्रोमा बेल्जियम यथावत छन् भने कोलम्बिया तेस्रो, जर्मनी चौथो, चिली पाचौं स्थानमा छन् ।

छैटौं, सातौं, आठौं, नोवौं र दशौं स्थानमा क्रमसः स्पेन, ब्राजिल, पोर्चुगल, उरुग्वे र अष्ट्रिया छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *