फेवा विकास बैंकले २०.६० प्रतिशत बोनस शेयर दिने

Post Date : January 15, 2017 | 1:57 pm

पोखरा, २ माघ । फेवा विकास बैंकको नवौँ वार्षिक साधारण सभाले शेयरधनीलाई आर्थिक वर्ष २०७२।७३ सम्मको मुनाफाबाट चुक्ता पूँजीको २० दशमलब ६० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले फेवा विकास बैंक र गण्डकी विकास बैंक एकआपसमा गाभ्ने/गाभिने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृतिमा मर्जरपछि चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमासिक सम्ममा १७ अर्ब ६८ करोड निक्षेप संकलन गरी १५ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले ५० वटा शाखामार्फत सेवा प्रदान गर्दे आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *