बक्राहा खोलामा तीन अर्ब पचास करोडको गुरूयोजना

Post Date : November 22, 2016 | 4:27 pm

विराटनगर, ७ मङ्सिर । मोरङको बक्राहा खोलामा तटबन्ध निर्माणका लागि रु तीन अर्ब ५० करोडको गुरूयोजना तयार गरिएको छ ।

नदीको दुवैतर्फ पुरानो तटबन्धको उचाइमा बढोत्तरी, स्पर निर्माणलगायतका कार्य सम्पन्न गर्न गुरूयोजना तयार पारिएको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्रमुख देवनारायण साहले जानकारी दिनुभयो ।

जिल्लाको ५२ किलोमिटर क्षेत्रमा बग्ने सो नदीले १८ गाविसलाई प्रत्यक्ष प्रभावित पार्दै आएको छ । वर्षायाममा बाढी बस्तीमा पस्ने, बालीनालीलाई क्षति गर्नुका साथै खेतीयोग्य जमिन बगरमा परिणत हुने क्रम बढ्दै गएको छ ।

तटबन्ध निर्माणमा रु एक करोड ७५ लाख तथा अन्य प्रभावित क्षेत्रमा बाँकी रकम खर्च गरिनेछ । यस्तै लोहन्द्रा खोलाबाट प्रभावित क्षेत्रमा तटबन्ध निर्माण तथा मर्मतका लागि रु तीन करोड विनियोजन गरिएको छ । गछिया खोलाका लागि रु ६० लाख, बूढी खोला रु ५० लाख, सरजु खोला रु ६० लाख, सेउती खोला रु ६० लाख र शेरा खोलाका लागि रु ५० लाख रकम विनियोजन गरिएको कार्यालयका प्रमुख साहले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *