बजेटमा आर्थिक क्षेत्रलाई समेट्न आग्रह

Post Date : June 13, 2016 | 5:04 pm

काठमाडौँ, ३१ जेठ । गैरआवासीय नेपाली सङ्घ, अमेरिकाले नेपालको दिगो विकास र आर्थिक स्वावलम्बनका लागि आव २०७३/७४ मा विभिन्न आर्थिक क्षेत्रलाई समेट्न आग्रह गरेको छ ।

सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी गैरआवासीय नेपालीहरूको अनुभव, सिप र क्षमतालाई नेपालीहरूमा सहकार्य गर्न बैँकिङ सेवा, हुलाक सेवा, सामाजिक सुरक्षा सेवा कोष, रोजगार र गैरआवासीय नेपालीको भूमिकालगायतका बारेमा आव २०७३/७४ को बजेटमा संशोधन गरी कार्यान्वयनका लागि आग्रह गरेको हो ।

सङ्घले प्रत्येक गाविस तथा नगरपालिकामा एउटा हुलाक क्षेत्र मानी त्यसमा एउटा बैंक र हुलाकको व्यवस्था गर्न, जनसङ्ख्या अनुसार हुलाक क्षेत्र थप गर्न वा गाभ्न १९ बुँदे सुझाव दिएको छ । सङ्घका अध्यक्ष डा केशव पौडेलले सुरक्षा कोषमा जम्मा भएको रकम ठूला योजनामा मुख्य बैंकको सहयोगमा लगानी गर्ने र रोजगारी सिर्जना गर्ने क्रममा बढी प्रतिफल दिने विषयलाई बजेटमा समावेश गर्नुपर्ने धारणा राख्नुभयो ।

गैरआवासीय नेपालीलाई आवश्यकताअनुसार आफ्नो क्षेत्रमा सञ्चालित उद्योगमा २५ प्रतिशतसम्म लगानी गर्न उत्प्रेरित गर्न समेत सङ्घले आग्रह गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *