बजेट कार्यान्वयन चुनौतीपूर्ण

Post Date : June 2, 2016 | 6:53 pm

काठमाडौँ, २० जेठ । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनले आगामी आव २०७३/०७४ को बजेटमा सकारात्मक कार्यक्रम भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएको छ ।

सङ्गठनले आज यहाँ पत्रकार सम्मेलन गरी बजेटको आलोचनात्मक समर्थन गर्दै बजेट ठूलो आकारको र अत्यन्त आकर्षक कार्यक्रम भएकाले व्यावहारिक कार्यान्वयन गरिनुपर्नेमा जोड दियो । ऊर्जा, ज्येष्ठ नागरिक भत्ता र कर्मचारी तलब वृद्धि तथा पूर्वाधार विकासमा बजेटले विशेष जोड दिनु सकारात्मक पक्ष भएको जनाउँदै सङ्गठनले राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरणलाई प्राथमिकता दिनुपर्ने औँल्याएको छ ।

सङ्गठनका अध्यक्ष कृष्ण आचार्यले उत्पादनमुखीभन्दा राजस्वमुखी बजेट समग्रमा राम्रो भए पनि साबिकमा झँै बजेटको पुँजीगत खर्च न्यून रहेको उल्लेख गर्नुभयो । उहाँले औद्योगिक र व्यापार प्रवद्र्धनसम्बन्धी उपयुक्त नीतिको अभावकै करण मुलुकको अर्थतन्त्रले गति लिन नसकेको बताउँदै कृषिमा आधारित औद्योगिकीकरणलाई प्राथमिकताका साथ अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।

व्यवसायी श्याम पाठकले कर्मचारीतन्त्र उद्योगमैत्री नभएकाले जतिसुकै राम्रो बजेट कार्यक्रम आए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभयो ।

यसैबीच सङ्गठनको दोस्रो महाधिवेशन यही जेठ २३ गते काठमाडौँमा हुने भएको छ । सम्मेलनमा ६३ जिल्लाका करिब ५०० प्रतिनिधिको सहभागिता रहने सङ्गठनका महासचिव डम्बरदेव अर्यालले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *