बन्दले छोएन सेयर बजारलाई, करिब तीन अङ्कले बढ्यो

Post Date : November 13, 2016 | 7:03 pm

काठमाडौँ, २८ कात्तिक । नेकपा (माओवादी) को बन्दको कारण सवारी साधन सामान्य रुपमा चले पनि धितोपत्र बजारमा भने त्यसले आज कुनै प्रभाव नपारेको पाइएको छ ।

नेपाल स्टक एक्चेन्जका अनुसार निरन्तर ओरालो लाग्दै आएको नेप्से परिसूचक आज भने २.८३ अङ्कले बढेर एक हजार ७०० बिन्दुमा पुगेको छ । गत साता करिब ५२ अङ्कले घटेर एक हजार ६९६ बिन्दुमा रोकिएको बजार सामान्य रुपमा बढेको स्टकले जनाएको छ ।

कुल १३७ कम्पनीको आठ लाख ६२ हजार २६९ कित्ता सेयर रु ७३ करोड २१ लाख ४५ हजार ४०० मा खरिदबिक्री भएको छ ।

होटल र जलविद्युत् समूहको सेयर ओरालो लागेपनि अन्य समूहको भने सेयर उकालो लागेपछि बजारमा सकारात्म्क प्रभाव परेको स्टकले जनाएको छ । होटल ०.५९ र जलविद्युत् समूह ०.२३ प्रतिशतले घट्दा बैंक ०.१७, विकास बैंक ०.०६, फाइनान्स ०.४२, बिमा ०.४४ र अन्य समूह ०.०८ प्रतिशतले उकालो लागेको हो । आज सबैभन्दा बढी एभरेष्ट बैंकको रु २० करोड ४३ लाख बराबरको सेयर किनबेच भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *