बहत्तर लाखको लागतमा सडक मर्मत

Post Date : October 12, 2016 | 5:03 pm

बाबियाचौर (म्याग्दी), २६ असोज । म्याग्दीको पोखरेबगरदेखि चित्र जोड्ने सडक मर्मतका लागि रु ७२ लाख खर्च भएको छ ।

पर्यटकीय स्थल घोडेपानी जोड्ने उक्त सडक सुधारका लागि जिल्ला विकास समितिले गत आर्थिक वर्षमा सडक बोर्डअन्तर्गतको दुई, जिविस अनुदान र गाविसको संयुक्त लगानीबाट एक वटा योजना सञ्चालन भएको थियो ।

जिल्लाकै जोखिमयुक्त र कष्टकर मानिने १० किलोमिटर दूरीको उक्त सडक मर्मत पछि सुधार भएको हो ।

विभिन्न प्याकेजमा सडक फराकिलो पार्ने, नाली बनाउने, ग्रेड मिलाउने, सोलिङ गर्ने र ग्याबिन पर्खाल लगाउनलगायतका काम गरिएको जिविसका प्राविधिक कमल चोखालले बताउनुभयो ।

अघोषित विद्युतभार कटौतीले उपभोक्ता मर्कामा

म्याग्दीका बासिन्दा अघोषित विद्युत्भार कटौतीका कारण मर्कामा परेका छन् । अनियमित विद्युत् आपूर्ति र आकस्मिक रुपमा हुने विद्युत्भार कटौतीका कारण उपभोक्ता समस्यामा परेका हुन् ।

पावर ट्रान्सफर्मरको क्षमताले माग धान्न नसक्नु र चार वटा जिल्लाको एउटै केन्द्रीय प्रसारण लाइन हुँदा म्याग्दीमा अघोषित र अनियमित विद्युत्भार कटौतीको समस्या देखिएको छ । धोषित तालिका नभए पनि दैनिक बढीमा २० पटकसम्म विद्युत् आपूर्ति बन्द हुने गरेको छ ।

छिटो, छिटो विद्युत् आपूर्ति र बन्द हुने समस्याका कारण सर्वसाधारणको घरायसी कामदेखि घरेलु तथा साना उद्योग, व्यवसाय र सार्वजनिक सेवा प्रवाहसमेत प्रभावित भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका सचिव लिलाराम गौतमले बताउनुभयो ।

मोदी सवस्टेसनमार्फत पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा एउटै ३३ केभी क्षमताको केन्द्रीय र ११ केभी क्षमताको वितरण लाइनबाट विद्युत् आपूर्ति हुँदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *