बागमती डेभलपमेन्ट बैंक सानिमा बैंकसँग बिलय हुने

Post Date : August 9, 2016 | 2:29 pm

काठमाडौं, २५ साउन । नेपाल राष्ट्र बैंकले बागमती डेभलपमेन्ट बैंकलाई सानिमा बैंकसँग बिलय (एक्विजिसन) हुनका लागि अन्तिम स्वीकृति दिएको छ । स्वीकृति अनुसार आगामी तीन महिनाभित्रमा दुवै बैंकले एकीकृत कारोवार सुरु गरिसक्नु पर्नेछ ।

बागमती डेभलपमेन्ट बैंकले आ.व. २०७२/७३ को असार मसान्तसम्ममा ५८ करोड १३ लाख रुपैया निक्षेप संकलन, ३५ करोड ४२ लाख रुपैया कर्जा प्रवाह गरी १ करोड २ लाख रुपैया खुद मुनाफा कमाएको छ । त्यस्तै निष्क्रीय कर्जाको अनुपात शून्य रहेको छ । बैंकको चुक्ता पूँजी भने ५ करोड ७५ लाख रुपैया रहेको छ ।

सानिमा बैंकले भने आ.व. २०७२/७३ मा ४६ अर्ब ४२ करोड रुपैया निक्षेप संकलन, ४० अर्ब ४४ करोड रुपैया कर्जा प्रवाह गरी १ अर्ब ४ करोड रुपैया खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *