बीरगञ्जमा सोसाइटी डेभलपमेन्ट बैंक आफ्नै नया भवन सोसाइटी कम्प्लेक्समा

Post Date : July 15, 2016 | 11:20 am

काठमाडौं, ३१ असार । सोसाइटी डेभलपमेन्ट बैंकले बीरगञ्ज शाखा कार्यालयलाई बीरगञ्ज उपमहानगरपालिका वडा न. १३, आदर्शनगरस्थित बैंकको आफ्नै नया भवन सोसाइटी कम्प्लेक्समा स्थानान्तरण गरेको छ । उक्त स्थानान्तरित शाखाको उद्घाटन बैंकका अध्यक्ष सुशीलराज पराजुलीले गर्नु भएको छ । उद्घाटनको सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानुकृष्ण अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्था मजबुत हुँदै गएको जानकारी गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *