बुटवल पावर कम्पनीले प्रति कित्ता ४७० रुपैयाँमा एफपीओ निष्काशन

Post Date : March 27, 2017 | 8:26 am

काठमाडौँ, १४ चैत । बुटवल पावर कम्पनी लिमिटेडले रु.१००।– अंकित मूल्यमा प्रिमियम बापत रु.३७०।– थप गरी प्रति शेयर रु.४७०।– को ४० लाख ८१ हजार थप साधारण शेयर निष्काशन (फर्दर पब्लिक अफर) गर्ने भएको छ ।

कम्पनीको शेयर पूँजी २०७३ असार मसान्तसम्म १ अर्ब ६७ करोड ३२ लाख २२ हजार ७ सय रुपैयाँ रहेको छ । एफपीओ निष्काशनको मूल्य रु.४७०।– ले १ अर्ब ९१ करोड ८० लाख ७० हजार रुपैयाँ थपिनेछ ।

बुटवल पावर कम्पनीले २०७३/१२/१० को फर्डर पब्लिक अफरको प्रतिवद्धता पत्र नेपाल स्टक एक्सचेञ्जमा २०७३/१२/१३ मा दर्ता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *