बुम रेमिट्यान्ससँग फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स र काँक्रेविहार विकास बैंकले सम्झौता गरे

Post Date : September 28, 2016 | 10:31 am

काठमाडौं, १२ असोज । बुम रेमिट्यान्सले विप्रेषण कारोवार गर्नका लागि फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था र काँक्रेविहार विकास बैंकसँग सम्झौता गरेको छ । सो सम्बन्धी सम्झौता पत्रमा बुम रेमिट्यान्सका प्रमुख संचालन अधिकृत विष्णुमान श्रेष्ठ, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरी र काँक्रेविहार विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कर्णबहादुर सिन्जालीले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापछि बुम रेमिट्यान्सले खाडी मुलुकबाट नेपालीले पठाएका रकम फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स र काँक्रेविहार विकास बैंकका शाखाहरूबाट भुक्तानी गरिने जनाएको छ ।

बुम रेमिट्यान्स चाँडै नै मलेसिया, दक्षिण कोरिया, जापान, क्यानडा, अष्ट्रेलिया, यूरोप, इजरायल, भारत र अमेरिकाबाट समेत रेमिट्यान्स कारोवार सुरु गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *